२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना अपडेट धादिङ : ६६ कोरोना संक्रमणमुक्त, २३ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना अपडेट धादिङ : ६६ कोरोना संक्रमणमुक्त, २३ जनामा कोरोना संक्रमण पुष्टि
सेयर गर्नुहोस्
०सेयर

धादिङमा बुधबार थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार धुनिबेसिमा २, थाक्रेमा ८, गंगाजमुनामा ३, बेनिघाटमा २, त्रिपुरासुन्दरीमा २, गल्छीमा १, सिद्धलेकमा १, रुबिभ्यालिमा ४ मा संक्रमण पुुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

बुधबार ७१ एनटीजेन परिक्षण भएकोमा २३ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ । योसँगै जिल्ला भित्र ७५९ र जिल्ला बाहिर ६९ गरेर धादिंगमा सकृय संक्रमितको संखया ८२८ रहेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा ११, संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा ७१९ रहेका छन् ।

त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १९ र होम आइसोलेसनमा ५० जना रहेका छन् । यस्तै बुधबार ६६ कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा बुधबार ४२ स्वाब संकलन भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।