
राष्ट्रिय कविता महोत्सव–२०७८ मा धादिङकी अमृता स्मृती द्वितिय हुनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले ६४ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको कविता प्रतियोगीतामा देश तथा विदेशबाट सहभागी भएका मध्येबाट उहाँ द्वितिय हुनुभएको हो । भर्चुअल माध्यमबाट गरिएको कविता प्रतियोगीतामा अमृता स्मृतीले ‘डढेलोपछि पनि बसन्त आउँछ’ भन्ने शिर्षकमा कविता वाचन गर्नुभएको थियो ।
यस्तै प्रतियोगीतामा भोजपुरका कविता राईको ‘देशको नक्सा’ शिर्षकको कविता प्रथम, ताप्लेजुङका सविता बरालको ‘आमा म आएँ अब’, बर्दियाकी निरञ्जना कुमारी चन्दकी “युगीन प्रतिध्वनी’, र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ शिर्षकको कविता तृतिय भएको छ ।
प्रथम हुने कविताले स्वर्ण पदकसहित नगद ५० हजार, द्वितियलाई ४० हजार, तेस्रो हुने हरेक स्रष्टालाई ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।