२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नोटको जतन नगर्नेलाई हुन सक्छ जेल सम्मको सजाय

नोटको जतन नगर्नेलाई हुन सक्छ जेल सम्मको सजाय

नेपाली नोटको जतन नगर्ने तथा नोटमा जथाभावी लेख्ने, च्यात्ने वा जलाउने व्यक्तिलाई कानुनी कारबाही हुन सक्ने व्यवस्था रहेको छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २२ को दफा २६३ (२) अनुसार, बैंक नोटमा लेख्न वा कोर्न पाइँदैन । यस्तो कसुर गरेमा उपदफा (३) बमोजिम तीन महिनासम्म कैद, पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ ।

नोटको प्रयोग गर्दा जथाभावी लेख्ने, स्टिच गर्ने, टेप लगाउने तथा अन्य तरिकाले बिगार्ने कार्यले नोटको गुणस्तर र आयुमा असर पार्ने भएकाले नोटको उचित संरक्षण गर्नुपर्ने हुन्छ। नेपाल राष्ट्र बैंकले पनि नेपाली नोटलाई सफा र सुरक्षित राख्न तथा नोटको स्वरूप बिगार्ने गतिविधि नगर्न आग्रह गर्दै आएको छ।

नोट पुरानो वा मैलो हुँदैमा मात्र अपराध मानिँदैन। तर जानाजानी नोट बिगार्ने कार्य भने प्रचलित कानुनअनुसार कारबाहीको विषय बन्न सक्छ। त्यसैले नेपाली मुद्रा राष्ट्रिय सम्पत्ति भएकाले यसको उचित संरक्षण गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल