२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ एकैदिन ३ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ एकैदिन ३ हजार २०० रुपैयाँले घट्यो

हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ एकैदिन ३ हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको२ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
अस्ति बुधवार सुनको भाउ २ लाख ८३ हजार २०० रुपैयाँ र मङ्गलवार २ लाख ८२ हजार ३०० रुपैयाँ रहेको थियो । सोमवार सुनको भाउ ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पहिलो कारोबार दिन आइतवार सुन २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ १०५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार चाँदी आज तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ ३ हजार ९३० रुपैयाँ रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल