लगातारको वर्षाले बीपी राजमार्ग अवरुद्ध भएको छ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा सडकमाथिबाट खहरे खोलाको ढुङ्गा माटोसहितको लेदो तथा रोशी गाउँपालिका–८ गिम्दीबेसीमा पहिरो झरिरहेको हुनाले दुईतर्फी नै अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
अरु राजमार्गमा भने सामान्य रुपमा गाडी चलिरहेका छन् । पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडक खण्ड तथा कान्ति लोकमार्गमा अहिलेसम्म अबरोध छैन । तर यी सडकमा पनि यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।
सडक डिभिजन भरतपुर चितवनले मुग्लिन–नारायणगढ सडकबाट यात्रा गर्नैपरे सम्बन्धित सुरक्षा निकायमा अवस्था बुझेर मात्रै यात्रा गर्न सम्पूर्ण चालक तथा यात्रुलाई अनुरोध गरेको छ ।
यस्तै निरन्तर वर्षा हुँदा कान्ति लोकमार्गमा दुई दिन रातिको समयमा गाडीको आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचनामार्फत् हिजो र आज गरी दुई दिनका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात आवागमनमा रोक लगाएको हो ।
मौसमविद्काअनुसार आज बेलुकादेखि ‘अर्नब’ चक्रवातको प्रभाव कम हुने र क्रमशः पानी पर्नेक्रम रोकिने छ ।
धेरै ठाउँमा निरन्तर झरी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
लेखक
लेखकको सबै आर्टिकल
धादिङ अपडेट









