२०८३ कार्तिक २३, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नीलकण्ठ–९ को सल्लाघारी-निगालपानी, काफलपानी हुँदै ज्वालामुखीको काउलेडाँडासम्म सडक कालोपत्रे हुने

नीलकण्ठ–९ को सल्लाघारी-निगालपानी, काफलपानी हुँदै ज्वालामुखीको काउलेडाँडासम्म सडक कालोपत्रे हुने

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सल्लाघारी–निगालपानी–काफलपानी हुँदै ज्वालामुखी गाउँपालिकाको काउलेडाँडासम्म जोडिने सडक कालोपत्रे हुने भएको छ। सडक कालोपत्रेका लागि संघीय सहरी विकास कार्यालयमार्फत १ करोड ५० लाख रुपैयाँ बजेट व्यवस्थापन भएको छ।

नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाको पहलमा उक्त बजेट व्यवस्थापन भएको नीलकण्ठ नगरपालिका–९ का वडा अध्यक्ष राजन बराईलीले जानकारी दिनुभयो। अब छिट्टै नै ठेक्का प्रकियामा जाने र काम सुरू हुने अध्यक्ष बराईलीले बताउनुभयो ।

३ दशक भन्दा बढि पुरानो सडक भएपनि कालोपत्रे हुन सकेको थिएन । बजेट व्यवस्थापन भएसँगै लामो समयदेखि स्तरोन्नति र कालोपत्रेको प्रतीक्षामा रहेको यस सडकखण्डले विकासको गति लिने अपेक्षा गरिएको छ। सडक कालोपत्रे भएपछि नीलकण्ठ नगरपालिका–९ का सल्लाघारी, निगालपानी, काफलपानी, छाप गाउँ, हटिया लगायत क्षेत्रका बासिन्दासँगै ज्वालामुखी गाउँपालिका-६ को काउलेडाँडा, सुनखानी, डाँडाँगाउँ लगायत क्षेत्रका स्थानीयलाई समेत आवतजावतमा सहज हुने विश्वास गरिएको छ।

यस सडकको स्तरोन्नति तथा कालोपत्रेले स्थानीय कृषि उपजको बजारीकरण, यातायात सेवा, शिक्षा, स्वास्थ्य तथा अन्य दैनिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने छ। साथै जिल्लाकै प्रशिद्द धार्मिक स्थल जलमुखी मन्दिरमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको संख्यामा वृद्दि हुने समेत अपेक्षा गरिएको छ ।

ग्रामीण क्षेत्रका बासिन्दालाई सदरमुकाम तथा अन्य बजार क्षेत्रसँग जोड्न महत्वपूर्ण मानिएको यस सडकको निर्माण कार्य समयमै सुरु गरी गुणस्तरीय रूपमा सम्पन्न हुने स्थानीयले अपेक्षा गरेका छन्।

यो समाचार सेयर गर्नुहोस्
२०Shares
धादिङ अपडेट लेखकको सबै आर्टिकल