२०८३ कार्तिक २१, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङबेसीमा बी मार्टको पाँचौँ शाखा सञ्चालनमा

धादिङबेसीमा बी मार्टको पाँचौँ शाखा सञ्चालनमा

धादिङको सदरमुकाम धादिङबेसी स्थित बीचबजारमा आजदेखि बी मार्टको पाँचौँ शाखा आजबाट सञ्चालनमा आएको छ । जिल्लाबासीलाई एउटै छानामुनि दैनिक उपभोग्य सामग्रीदेखि घरायसी तथा अन्य आवश्यक वस्तुहरू उपलब्ध गराउने उद्देश्यसहित बी मार्टले आफ्नो सेवा विस्तार गरेको हो ।

नुवाकोटको त्रिशूली बजारबाट व्यवसाय सुरु गरेको बी मार्टले धादिङबेसीमा पाँचौँ शाखा सञ्चालनमा ल्याउन सफल भएको बी मार्टका संस्थापक अध्यक्ष भीमबहादुर तामाङले बताउनुभयो। उहाँका अनुसार हाल बी मार्टमा ४० जना शेयर सदस्य आबद्ध छन् भने संस्थामा २० करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ। भने ३५ भन्दा बढिले प्रत्यक्ष रोजगारी पाएका छन ।

बी मार्ट हाल नुवाकोटको विदुर नगरपालिकाभित्र तीनवटा, काठमाडौंको टोखामा एक वटा र धादिङबेसीमा एकवटा गरी पाँचवटा शाखा सञ्चालनमा रहेका छन्। आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै देशभर सेवा पु¥याउने लक्ष्य रहेको संस्थापक अध्यक्ष तामाङले बताउनुभयो।

संस्थापक अध्यक्ष तामाङका अनुसार बी मार्टले नाफा कमाउने उद्देश्यलाई मात्र प्राथमिकता नदिई उपभोक्तालाई सहज, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने भावनाका साथ आफ्नो व्यवसाय अघि बढाइरहेको छ। अन्य स्थानको तुलनामा मार्टमा विभिन्न सामग्री सुपथ मूल्यमा बिक्री भइरहेको दाबी गर्दै उहाँले उपभोक्ताबाट प्राप्त हुने सल्लाह, सुझाव र प्रतिक्रियालाई समेत संस्थाले महत्वका साथ लिने बताउनुभयो ।

धादिङबेसीमा बी मार्ट सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ताले दैनिक उपभोग्य सामग्री तथा घरायसी सामान खरिदका लागि थप विकल्प पाएका छन् । एउटै स्थानबाट विभिन्न ब्रान्डका सामान छनोट गरी खरिद गर्न सकिने भएकाले उपभोक्ताको समय र श्रमसमेत बचत हुने अपेक्षा गरिएको छ ।

धादिङबेसीमा सेवा विस्तार गरेको बी मार्टले आगामी दिनमा उपभोक्ताको विश्वास जित्दै गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउने र आफ्नो सेवा थप विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।



यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल