२०८३ कार्तिक २८, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको अवसरमा कात्तिक २९ गते आइतबारका दिन सार्वजनिक बिदा दिइएको र पर्वको भोलिपल्ट कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेको छ । सोही परम्परालाई मध्यनजर गर्दै सरकारले छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको छ । यस निर्णयसँगै आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल