२०८३ कार्तिक २७, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना

मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको छ ।

मकवानपुर प्रहरीका अनुसार आज बिहान करिब पौने ६ बजे काठमाडौं-कुलेखानी-भीमफेदी सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो । प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

दुर्घटनमा परेको माइक्रोबसको नम्बर खुल्न नसकेको र माइक्रोबसमा करिब १३/१४ जना यात्रु रहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल