२०८३ मंसिर २, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

२२ करोड बराबरको सेतो हेरोइनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

२२ करोड बराबरको सेतो हेरोइनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै २२ करोड रुपैयाँ बराबरको लागूऔषध सेतो हेरोइनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेका छन् । थाइल्यान्डबाट काठमाण्डौ आएका रेवाज गएराति पक्राउ परेका हुन् । उनको साथबाट साढे पाँच किलो सेतो हेरोइन बरामद गरेको लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

रेवाजले साथमा ल्याएको झोलाभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाई राखेको अवस्थामा सेतो हेरोइन बरामद भएको हो । रेवाज यसअघि लाओसबाट दुई पटक नेपाल आएको पाइएको छ । उनी लागूऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेका प्रहरीले बताएको छ । प्रहरीले रेवाजको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल