नेपाली कांग्रेस धादिङको स्थगित भएको निलकण्ठ नगरपालिका र रुविभ्याली गाउँपालिकाको निर्वाचन आगामी कार्तिक ४ गते गर्ने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय धादिङले आज एक सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो । साथै केन्द्रिय निर्वाचन समितिको निर्धारित तालिका अनुसार हुने भनिएको प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन हाल स्थगित गरिएको पनि सुचनामा उल्लेख छ ।

तर नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समितिले वडा र पालिकाको निर्वाचन अशोज २० अगाबै सम्पन्न गरिसक्नुपर्ने हुदा धादिङ जिल्लाको बाँकी रहेको पालिकाको निर्वाचन अशोज १७ गतेभित्रै सम्पन्न गर्न अनुरोध गरेको छ । केहीबेर अघि मात्रै सुचना निकालेर यस्तो जानकारी गराएको हो ।

निलकण्ठ नगरपालिकाको असोज ९ गते निर्वाचन भईरहेको बेला गुटका कारण विवाद बढेपछि निर्वाचन अधिकृतले निर्वाचन रोकेका थिए । निलकण्ठ नगरपालिकामा सम्भुसिंह ठकुरी र ध्रुव रिजाल उम्मेद्वार हुनुहुन्छ । रुविभ्यालीमा पनि आन्तरिक विवाद बढ्दै गएपछि तोकिएको मितिमा अधिवेशन हुन सकेको थिएन ।

नेपाली कांग्रेस धादिङको ९ ओटा स्थानिय तहमा सर्वसम्मत र २ ओटामा निर्वाचन प्रक्रियाबाट सभापतिको चयन भईसकेको छ ।

Facebook Comments