मंसिर ६, धादिङ ।
जिल्लाकै पहिलो सदरमुकाम धादिङबेसीमा अवस्थित, सामुदायिक क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसले आज एक कार्यक्रमको बीच क्याम्पसको २२ औं स्थापना दिवस मनाएको छ । वि.स.२०५७ साल मंसिर ६ गते स्थापना गरी ११ जना विद्यार्थीबाट अध्यापन सुरु गरेको यस क्याम्पसले आजको दिनसम्म आईपुग्दा १ हजार भन्दा बढि विद्यार्थीहरुलाइ अध्यापन गराईरहेको छ । क्याम्पसले स्थापना दिवसको अवसरमा क्याम्पस र समुदाय बिचको सम्बन्ध विषयक अन्तरक्रिया सहित चियापान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामनाथ अधिकारी, सदस्य रमेश धमला, निवर्तमान क्याम्पस प्रमुख भुपेन्द्र कुमार श्रेष्ठ, क्याम्पस प्रमुख नवराज शर्मा लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

यस नीलकण्ठ बहुमुखी क्याम्पसमा अहिले शिक्षा शास्त्र संकायको अंग्रेजी, नेपाली, गणित, अर्थशास्त्र, सोसोलोजि, र जनसंख्या साथै व्यावस्थापन संकायको बि.बि.एस र एम.बि.एस तथा स्नातक र स्नातकोत्तर तह सम्मको अध्यायन गराईरहेको छ । दक्ष, अनुभवी प्राध्यापकद्धारा आधुनिक प्रविधि , मल्टिमिडियाको माध्यमबाट अध्यापन गराउने यस क्याम्पसमा विशेष गरि ग्रामीण क्षेत्रका विद्यार्थीहरुको पहिलो रोजाई बनेको छ ।
शैक्षिक गुणस्तर, भौतिक संरचना र क्याम्पसको आन्तरीक व्यवस्थापनको पक्ष अत्यान्तै राम्रो भएकै कारण नेपालका धेरै सामुदायिक क्याम्पसहरुमा यो क्याम्पस राम्रो क्याम्पसको सुचीमा सुचिकृत भएको छ । गत वर्ष यस क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट प्रदान गरिने QAA मान्यता प्राप्त गरेको छ । यस मान्यता प्राप्त गरेसँगै क्याम्पसको ख्याती झनै उचो भएको शिक्षा क्षेत्रका विज्ञहरु बताउनुहुन्छ । १ हजार भन्दा बढि विद्यार्थी संख्या रहेको यस क्याम्पसमा करिब ८० प्रतिशत छात्राहरुको संख्या रहेको छ । यस क्याम्पसमा हाल पूर्णकालिन र आंशिक गरी कुल ३२ जना प्राध्यापकहरु आवद्ध रहेका छन् ।
यस क्याम्पसलाई अझै राम्रो बनाउन, शैक्षिक, भौतिक र व्यवस्थापकीय रुपमा दिर्घकालिन रणनैतिक योजना सहित क्याम्पस अघि बढिरहेको हुँदा सबै सरोकारवालाहरुसँग साथ र सहयोगको लागि क्याम्पस प्रमुख नवराज शर्माले अनुरोध गर्नुभएको छ ।