धादिङ अस्पतालमा ४ जनाले निशुल्क हाईड्रोसीलको उपचार सेवा लिएका छन् । यहि पौष ३ गतेदेखि सुरु भएको निशुल्क हाईड्रोसिलको उपचार कार्यक्रम अन्र्तरगत ४ जनाले सेवा लिएको अस्पतालका सुचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो ।

यस्तै १५ जनाले उपचारको लागि नाम दर्ताको पनि सुचना अधिकारी वि.कले बताउनुभयो । नाम टिपाएका विरामीहरुको यहि पौष महिनाको अन्तिम सम्म अप्रेशन गरिने छ । धादिङ अस्पतालले यो आर्थिक वर्षमा ४० देखि ४५ जनाको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्यका साथ कार्यक्रमलाई अगाडि बढाएको छ ।

हाइड्रोसिलको समस्या भएका व्यक्तिहरुको पहिचान गरी स्कृनिङका साथै निःशुल्क अप्रेसन र सल्यक्रिया पश्चात देखिन जटिलतालाई मध्यनजर गर्दै निःशुल्क औषधि उपचारको समेत व्यवस्था गरिएकाले हाईड्रोशिलका विरामीहरुलाई मौकाको फाईदा लिन अस्पतालले अनुरोध गरेको छ ।

सन् २०३० सम्ममा नेपालबाट हाइड्रोसिल, हात्तीपाइले रोगलाई निर्मुल पार्ने सरकारको लक्ष्य अनुसार देशका ७७ वटै जिल्ला अस्पतालमा हाइड्रोसिलको निःशुल्क उपचार कार्यक्रम सुरु भएको हो ।

Facebook Comments