धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जोगिमारामा रहेको अन्नपूर्ण क्वारिज करिव तीन महिनादेखि पुनः सुुचारु भएको छ । पहिले वनको जग्गा प्रयोग गरेको १५/१५ वर्षमा नविकरण गर्नु पर्ने निति थियो । तर पछिल्लो समय वनको प्रयोग गरेको जग्गा बरावर अन्यत्र किनिदिनु पर्ने नितिमा परिवर्तन आएपछि चुन उत्खनन् कार्य पुन सुचारु भएको हो ।

निति र प्रक्रियाका कारण खानी विभाग र वन विभागले कम्पनी बन्द गरिदिएको मेनेजर भोजराज कोइरालाले बताउनुभयो । वि.स. २०३९ सालमा लाइसेन्स लिएको कम्पनीले वि.स. २०४२ सालबाट उत्खनन् कार्य शुरु गरेको बताउनुभयो। कम्पनीले जथाभावी उत्खनन ग¥यो भनेर केहि समय बन्द भयो कोईरालाले भन्नुभयो पछिल्लो समय धेरै मापदण्ड पुरा ग¥र्याैं । वन मन्त्रालय, उद्योग मन्त्रालय त्यसपछि क्याविनेटले पास गरेपछि मात्रै यहि असोज २१ गतेबाट शुरु गरेको बताउनुभयो ।

त्यस्तैगरी, कम्पनीले खानी प्रयोग गरेवापत ९५ रोपनी जग्गाको सट्टा बेनीघाट रोराङ गाउँपालिका २ ताल्तिमा ९८ रोपनी जग्गा किनेर नेपाल सरकारको नाममा पास गरिदिएपछि कम्पनी सञ्चालनमा आएको उहाँले बताउनुभयो । वन क्षेत्रमा जथाभावी लापरबाहीले चुन निकाल्ने र बस्ति नै जोखिम हुने खतरा देखिएपछि चुनखानी बन्द भएको स्थानीयहरु बताउँछन् ।

चुनखानीले बेनीघाटकै जवाङ र जोगिमारा जोखिममा पर्न सक्ने स्थानीयहरुले गुनासो गरेका छन् । अहिले सरकारको निति नियममा रहेर उत्खनन् नै गरेपनि डाँडामा रहेका बस्तिहरु प्रत्यक्ष प्रभावित बनेको उनीहरुको भनाइ छ । बन्द रहेको कम्पनी विभिन्न मापदण्ड पुरा गरेपछि पुनः शुचारु भएको साइड इन्चार्ज ठाकुर गुरुङले जानकारी दिनुभयो । इन्चार्ज गुरुङका अनुसार कम्पनीको ५ वटा एक्साभेटर, दुइटा भाडामा गरी ७ वटा एक्साभेटर, भाडामा एउटा डोजर, ८ वटा ट्रिफर, करिव ३० जना कर्मचारी रहेका छन् ।

१८/२० वर्षदेखि यस कम्पनीमा कार्यरत गुरुङका अनुसार एउटा ट्रिफरले खानीबाट तल गोदामसम्म दैनिक २० टिप गर्छन् । ८ वटाले प्रतिदिन करिव १५० टिप गर्छन् । खानीबाट निकालेको चुन अन्नपूर्ण क्वारिज प्रा.लि. ले केजीको हिसावले विक्रि गर्छन् । उक्त चुन कम्पनीको भैरहवामा रहेको आफ्नै अर्काे कम्पनी यूनिटेक र रिलायन्समा पठाउने गरिन्छ । त्यस्तै, अर्काे हेटौडामा रहेको शिवम् र रिद्धिसिद्धि सिमेन्टमा निर्यात गर्ने ईन्चार्ज गुरुङले बताउनुभयो ।

Facebook Comments