२०८३ कार्तिक १७, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघ्यो

धादिङमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघ्यो

धादिङमा आईतबार ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा ७, धुनुबेसिमा १५, ज्वालामुखीमा १७, गजुरीमा ११ र गंगाजमुनामा ६ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । योसगैँ जिल्लाको सक्रिय संक्रमीतको संख्या ५ सय ६ पुगेको छ ।

संक्रमितमध्ये ७ जना होस्पितल आइसोलेसनमा रहेका छन् । आईतबार एन्टीजेन परिक्षण गरिएका ९९ जनामध्ये ६२ जनामा पोजिटिभ देखिएको हो । जिल्लामा पंक्रमणको दर ६२.६ प्रतिशत रहेको छ । त्यस्तै आईतबार ९ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।