धादिङमा शनिबार ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा धुनिबेसि नगरपालिकामा ५, गल्छीमा १, ज्वालामुखीमा ४ र धादिङ्ग हस्पिटलमा ५१ जना रहेको स्वास्थ्य कार्यालय धादिङ जानकारी दिएको छ ।
योसगैँ जिल्लाको सक्रिय केश ४ सय ५३ पुगेको छ। संक्रमितमध्ये ४ सय ४६ जना होम आइसोलेसनमा र७ जना जिल्ला हस्पिटलको आइसोलेसनमा रहेका छन्। शनिबार एन्टीजेन परिक्षण गरिएका ९१ जनामध्ये ६१ जनामा पोजिटिभ देखिएको हो । जिल्लामा कोरोना भाइरस संक्रमणको दर ६७ प्रतिशत रहेको छ। त्यस्तै शनिबार २३ जना संक्रमण मुक्त भएका छन् ।
कोभिड १९ का कारण बितेको २४ घण्टामा १६ जनाको मृत्यु
कोभिड १९ का कारण बितेको २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । केही दिन यता कोरोनाका कारण हुने मृत्युदर थोरै भए पनि आज बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँग नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा१४ हजार ४ सय ६२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २ सय १२ जनामा र पाँच हजार ७ सय २५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार ४२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा ७ सय ८ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुने दर ९५.७ प्रतिशत रहेको मन्त्रालयलको भनाइ छ । मुलुकमा हालसम्म ७२ हजार ८ सय ६२ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।
२४ घण्टामा एक लाख ९६ हजार ८ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।











