पुस २, काठमाण्डौं ।
वाम गठवन्धले नयाँ सरकार गठनको लागि मार्गप्रसस्त गर्न सरकारसँग आग्रह गरेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मेलित वाम गठबन्धनले ताजा जनादेश अनुसार नयाँ सरकार गठनको लागि मार्गप्रसस्त गर्न वर्तमान सरकारसँग आग्रह गरेको हो ।
राजधानीमा पत्रकार संयुक्त पत्रकार सम्मेलन गर्दै वाम गठबन्धनले निर्वाचन मार्फत जनताले दिएको ताजा जनमतको अवमुल्यन नगर्न पनि चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानको धारा ७६ मा नयाँ सरकार गठनको लागि स्पष्ट व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।
उहाँले सरकार गठनमा संवैधानिक रुपमा कुनै अस्पष्टता नरहेको पनि जिकिर गर्नुभयो । उहाँले सरकारले आफ्नो सिमा मिच्दै अगाडी बढेको आरोप लगाउनुभयो । पत्रकार सम्मेलनलाई संवोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सवै दलको परामर्श बिना कुनै पनि निर्णय नगर्न सरकालाई सचेत गराउनुभयो ।











