२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ दुर्घटना अपडेट : मोटरसाइकलमा सवार अर्जुन पोखरलेको मृत्यु

धादिङ दुर्घटना अपडेट : मोटरसाइकलमा सवार अर्जुन पोखरलेको मृत्यु

तस्विर : सावित्री अधिकारीको फेसबुकबाट

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा आइचरले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाईते भएका अर्जुन पोखरलेको मृत्यु भएको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का २९ वर्षिय गम्भीर घाईते अर्जुन पोखरेलको धादिङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

गम्भीर मोटरसाइकलमा सवार अर्का गम्भीर घाईते निलकण्ठ नगरपालिका वडा नम्बर ३ का २४ वर्षिय सन्तोष अधिकारी थप उपचारको लागि काठमाण्डौं पठाईएको छ ।

धादिङबेसीबाट काठमाडौतर्फ जादै गरेको बा ५ ख ७०७२ नम्बरको आइचरले वागमती प्रदेश०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । आईचर चालक फरार छन् । फरार चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।