२०८३ कार्तिक १९, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पहिरोको कारण पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध

पहिरोको कारण पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध

पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ ।

गय रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो । सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उहाँले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।