धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ बाँसबोटेका एक महिलालाई खोलाले बगाउँदा मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६४ वर्षिया मनमाया रेग्मी रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । हिजो घरबाट घाँस काट्न जंगल निस्किएकी रेग्मी आज विहान सिद्धलेक गाउँपालिका वडा नम्बर १ स्थित थोपल किनारमा मृत अवस्थामा भेटिएकी थिईन् ।
मृतकको आज विहान धादिङ जिल्ला अस्पतालमा पोष्टमाट गरेर आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।











