१५ साउन
धादिङ – नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी धादिङका नेता तथा कार्यकर्ताहरु आज एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र धादिङका सचिवालय सदस्य होमबहादुर ढकाल, एकीकृत समाजवादी धादिङका सचिवालय सदस्य अर्जुन अर्याल, रामप्रसाद सिलवाल, जिल्ला कमिटी सदस्य कुमार तामाङ र समाजवादी राष्ट्रिय युवा संघका केन्द्रीय सचिव प्रज्वल तामाङ पुरानै पार्टी एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले धादिङले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टी प्रवेश गरेका हुन । एमालेमा आउनुभएकाहरुलाइ पार्टी केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल, नेकपा एमाले बागमती प्रदेश ईन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय सदस्य तथा धादिङका जिल्ला ईन्चार्ज खेम लोहनी, पार्टी जिल्ला अध्यक्ष भूमी त्रिपाठीले पार्टीमा स्वागत गर्नुभएको हो ।

एमालेमा प्रवेश पश्चात आफ्नो भनाई राख्दै अर्जुन अर्यालले नेपालको राष्ट्रिय राजनितिमा नेकपा एमाले मात्रै सच्चा कम्युनिष्ट भएको र सबै कम्युनिष्टहरुको नेतृत्व नेकपा एमाले बाहेक अन्य दलहरुले गर्न नसक्ने बताउनुभयो । उहाँले यस अघिका सबै कमि कमजोरी र गल्तीहरुलाइ सबैले आत्मालोचना गर्दै आगामी दिनहरुमा सबै नेता कार्यकर्ताहरु सच्चिएर संगठित भई अघि बढ्नुपर्ने पनि बताउनुभयो ।

Facebook Comments