२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राष्ट्रियसभा बहूमतिय प्रणालीबाट गठन गर्नुपर्ने एमालेको ठहर

राष्ट्रियसभा बहूमतिय प्रणालीबाट गठन गर्नुपर्ने एमालेको ठहर

पौष ८, काठमाण्डौं ।
नेकपा एमालेले सरकार गठन र राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश फरक फरक बिषय भएको ठहर गर्दै राष्ट्रियसभा बहूमतिय प्रणालीबाट गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

चुनाबपछि पहिलो पटक हिजो बसेको एमालेको स्थायी कमिटी बैठकले राष्ट्रियसभाको गठन नेपालको संविधानको व्यवस्था र यससम्बन्धी विधेयक निर्माणका क्रममा राजनीतिक दलबीच भएको पूर्वसमझदारीअनुरुप बहुमतीय प्रणालीअनुसार नै हुनुपर्ने ठहर गरेको एमाले सचिब प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

शुक्रबार साँझ अबेर सकिएको बैठकमा निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालगायतका विषयमा छलफल भएको एमालेले जनाएको छ । यस्तै बैठकले नयाँ सरकार गठनको तयारी र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिँदै यथासिघ्र छिटो निष्कर्शमा पु¥याउने निर्णय पनि गरेको छ ।

निर्वाचनपछि देशमा लामो संक्रमणकाल अन्त्य भएको र मुलुक स्थिरता एवं समृद्धिको दिशामा अगाडि बढ्न लागेको निष्कर्श निकाल्दै निर्वाचनमार्फत प्रकट भएको जनआकांक्षा पूरा गर्न पूर्ण निष्ठा र क्षमताका साथ लाग्ने अठोट पनि बैठकले गरेको सचिव ज्ञवालीले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।