काठमाण्डौ । आगामी जनवरी ३ देखि १३ तारिक , अर्थात पौष १९ गते देखि २९ गते सम्म काठमाडौँ कमलादी स्थित ग्रिन कम्प्युटिंग एण्ड आइटी एकेडेमीमा १० दिनको SEO & Digital Marketing बूटक्याम्प आयोजना हुने भएको छ।
प्रकाश खतिवडाले सहजीकरण गर्ने १० दिने उक्त ट्रेनिंग ग्रिन कम्प्युटिंग एण्ड आइटी एकेडेमीले आयोजना गर्न लागेको हो। बुटक्याम्पमा एसइओ (सर्च इन्जिन अप्टिमाइजेसन), डिजिटल मार्केटिङका बारेमा विस्तृत अन्तरक्रिया हुनेछ । अहिले कुनै पनि क्षेत्रको व्यवसाय प्रवद्र्धनको लागि वेब तथा सोसल मिडिया बिना असम्भवसिद्ध जस्तै भइसकेको छ । ई-कमर्शको प्रविधिले कुनै वस्तु तथा उत्पादनको सेवाको बजारका लागि जति सहज भएको छ, त्यति यसको मुख्य पाटोको पहिचान गर्न नसक्दा सोचे जति र्इ-कमर्शको बजार विस्तार हुन सकेको छैन भने लगानीको प्रतिफल पनि कम हुन्छ । अत: यी सबै कुराको एउटै आइटी टुल्स बनेको छ, सर्च इन्जिन अप्टिमाइजेसन र डिजिटल मार्केटिंग अन पेज र अफ पेज अप्टिमाइजेसन, लिंक बिल्डिंग, वेबसाइट तथा ब्लग प्रमोसन गर्ने लेटेस्ट गुगल टेक्निक, डिजिटल मार्के्टिंग, सोसल मिडिया अप्टिमाइजेसन साथै वेब कन्टेन्ट म्यानेजमेन्ट सेरोफेरोमा रहेर इभेन्ट हुन लागेको कार्यक्रम आयोजक संस्थाका तर्फ बाट राम कुमार बानियाले जानकारी दिए । SEO/ SMO वा Digital Marketing भनेको वेबसाइटका लागि एकै सिक्काका दुइ पाटा जस्तै हुन्, एस बुटक्याम्प मार्फत सहभागीहरुले आफ्नो बिजनेसलाइ प्रमोट गरि नया उचाईमा लान सक्दछन भने यदि तपाइँ SEO & Digital Marketing मा आफ्नो करियर बनाउन चाहनुहुन्छ भने पनि यो ट्रेनिंग फलदायी हुन सक्छ।
इभेन्ट डिटेलका लागि तलको लिंक अथवा सिधा 9818491288 / 9851016127 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ । : https://www.facebook.com/events/168166097120974/











