धादिङमा शुक्रबार थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
५० जनामा गरिएको एन्टिजेन परिक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । कोरोना संक्रमण पुष्टी हुनेमा धुनिबेसी नगरपालिकामा २ र ज्वालामुखी गाउँपालिकामा २० जना रहेका छन् ।
यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ । यस्तै शुक्रबार ३ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमित सबै होम आईशोलेसनमा रहेका छन् ।