
धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा हाजिरि जवाफ प्रतियोगीता कार्यक्रम भएको छ ।
चन्द्रज्योती बालक्लब चन्द्रोदय मा.वि बिशालटारको आयोजनामा तथा एक्सन नेपाल धादिङको आर्थिक सहयोगमा विद्यालय स्तरीय ६ देखि ८कक्षा सम्मका विद्यार्थीहरु विच हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको हो ।
बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिबेक) को प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतियोगीतामा १ सय १० अंक प्राप्त गरि चन्द्रोदय मा.वि बिशालटार प्रथम भएको छ । भने ९० अंक सहित शंखादेवि मा.वि, मझिमटार द्दितिय , ८० अंक सहित बागेश्वरी मा.वि रिचोकटार तृतिय र ७० अंक प्राप्त गरि चन्द्रोदय मावि ,बेनिघाट सान्त्वना भएको छ ।
प्रतियोगीतामा प्रथम, द्दितिय, तृतिय, सान्त्वना तथा सहभागी विद्यालयलाई प्रमाणपत्र, मायाको चिनो र समान्य ज्ञान सहितको शैक्षिक सामग्रीले पुरस्कृत गरिएको विद्यालका बालक्लब संयोजक शिक्षक मिश्र शाक्ये जानकारी दिनुभयो ।