२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

तमू (गुरुङ)विद्यार्थीको केन्द्रिय अध्यक्षमा दोलखाका विश्वराज गुरुङ सर्वसम्मत चयन

तमू (गुरुङ)विद्यार्थीको केन्द्रिय अध्यक्षमा दोलखाका विश्वराज गुरुङ सर्वसम्मत चयन

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रिय अध्यक्षमा बिश्वराज गुरुङ सवंसम्मत चयन हुनुभएको छ ।

यहि भदौ २४ र २५ गते काठमाण्डांैमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनबाट दोलखका विश्वराज गुरुङको अध्यक्षमा ३९ सदस्सीय केन्द्रिय समितिको गठन भएको हो । समितिको उपाध्यक्षमा नवलपुरका नरेश गुरुङ, महासचिवमा चितवनका पवन गुरुङ, उपमहासचिव चितवनकै बिशाल गुरुङ, संगठन सचिवमा रुपन्देहीका संजय गुरुङ, कोषाध्यक्षमा धादिङका पर्शुराम गुरुङ (रोहित), सह–कोषाध्यक्षमा प्युठानका युवराज गुरुङ चयन हुनुभएको छ ।

यस्तै भाषा साहित्य तथा संस्कृति प्रमुखमा पोबिन्द्र गुरुङ, अतिरिक्त क्रियाकलाप बिभाग प्रमुखमा बिष्णु राज गुरुङ, प्रदेश नं.१ प्रदेश प्रमुखमा सृजना गुरुङ, लुम्बिनी प्रदेश प्रमुखमा प्रकाश गुरुङ चयन हुनुभएको छ ।

यस्तै महाधिवेशनले १८ जना राष्ट्रिय परिषद सदस्यहरु चयन गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।