२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

श्रीलङ्काले जित्यो एसिया कप २०२२ को उपाधि

श्रीलङ्काले जित्यो एसिया कप २०२२ को उपाधि

श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जित्यो

पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जितेको छ ।

श्रीलङ्काले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा १ सय ४७ रनमा अल आउट भयो । उसका लागि मोहम्मद रिजवानले ५५ र इफ्तिखर अहमेदले ३२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रमोद मदुशनले ४ र वानिन्दु हसरङ्गाले ३ विकेट लिए।

यसअघि दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । उसका लागि भानुका राजपक्षले नटआउट ७१ र वानिन्दु हसरङ्गाले ३६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रौफले ३ विकेट लिए ।

योसँगै श्रीलङ्काले एसिया कप ६ पटक जितेको छ । एसिया कप अहिलेसम्म धेरै जित्नेमा भने भारत छ, उसले अहिलेसम्म ७ पटक जितेको छ। पाकिस्तानले भने २ पटक जितेको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।