सामुदायिक उत्थान पद्धतिका लागि मञ्च फोकस नेपाल धादिङले २०औं साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभामा संस्थागत गतिविधि तथा संस्थाका नीति नियम प्रस्तुत गर्दै कार्यकारी निर्देशक एकराज छत्कुलीले आगामी दिनमा कार्ययोजना र रणनीतिक योजनाका बारेमा जानकारी दिनुभयो । संस्थाको गतिविधि संचालनमा सहयोग गर्ने विभिन्न दातृ निकाय, सरकारी संस्थाहरु, स्थानीय सरकार लगायत सरोकारवाला निकायलाई धन्यवाद दिनुभयो ।
फोकस नेपाल धादिङले २०५९ फाल्गुन २३ मा जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भई स्थापना कालदेखिनै विभिन्न क्षेत्रमा सामुदायिक उत्थानका निमित्त परियोजानाहरु संचालन गर्दै आएको छ ।
२०५९ सालदेखि धादिङ जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर सामुदायिक विकास र शान्ति स्थापनाको लागि काम गर्दै आएको संस्थाले हाल विभिन्न ६ वटा परियोजना संचालन गरिरहेको फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज छत्कुलीले जानकारी दिए । परियोजना मार्फत खानेपानी, सरसफाई तथा स्वच्छता, कृषि, पशुपालन र पोषण तथा खाद्य सुरक्षाका क्षेत्रमा समुदाय स्तरका गतिविधि संचालन भइरहेको छत्कुलीले बताउनुभयो।











