नेकपा एमाले धादिङका उपाध्यक्ष एवं पूर्वसभासद धनबहादुर घले एमाले मै फर्किनुभएको छ ।

धादिङ क्षेत्र नं। २ को प्रदेश २ मा आफ्नो उम्मेदवारी खोसिएपछि एमाले छाडेको घोषणा गर्नुभएका उपाध्यक्ष घलेले एमालेमा फर्किएको बताउनुभएको छ ।

नेकपा एमाले गंगाजमुना काठमाडौं सम्पर्क मञ्चको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा एमालेमै फर्किएको घोषण गर्नुभएको हो । नेता तथा कार्यकर्ताको अनुरोधलाई हार्न नसकेर पुन आफु एमालेमै फर्किएको बताउनुभएको छ ।

Facebook Comments