
जिल्ला प्रहरी कार्यालय धादिङले विहिबार एमाले चोकमा कमल गुरुङमाथी धारिलो हतियार प्रहार गरि फरार हुनेहरुको खोजी कार्य तिब्र बनाएको छ ।
एमाले चोकको एक घरमा बसिरहेको समयमा ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ बस्ने ‘जिरे’ भनेर चिनिने कमल गुरुङ र सुमन गुरुङलाई १५ जना भन्दा बढिको अपराधिक समुहले धारिलो हतियार प्रहार गरि घाईते बनाएका थिए । घटनामा कमल गुरुङको टाउकोमा चोट लागेको छ ।

पिडित कमल र सुमन गुरुङले ज्यानमार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएसँगै उनिहरुको खोजीकार्य तिव्रा पारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम कुमार खत्रीले जानकारी दिनुभयो । खोजीकार्य तिव्र पारेका छौं, भेटिने वित्तिकै सबै पक्राउ पर्नेछन् उहाँले भन्नुभयो ।
प्रहरीको फरार सूचीमा गोविन्द घिमिरे, राजु शाह ठकुरी, अमृत अधिकारी, राजु गुरुङ, सम्राट तामाङ, भिम गुरुङ, कुमार श्रेष्ठ, विनोद श्रेष्ठ, सन्तोष श्रेष्ठ, सुजन पौडेल भन्ने रामबहादुर पौडेल, कृष्ण पौडेल, सागर विचारी, रोहित गुरुङ, गोरे नेवार लगायतका नाम रहेको छ ।