
यूकेको लाहुरे हुँ भन्दै दिनदहाडै ठगी गरेर फरार हुने ठगको फोटो भेटिएको छ । गत असोज २९ गते धादिङवेशींमा होटल सञ्चालक सेतु गुरुङलाई आफु यूकेको लाहुरे हुँ भन्दै र यूकेबाट साथीले पठाएको सामान एकछिन राखिदिनु भन्दै ११ हजार लिएर फरार भएका थिए ।
ठगीमा पर्नुभएका होटल सञ्चालक सेतु गुरुङले आज शनिबार फोटो भेटिएपछि धादिङ अपडेटलाई उपलब्ध गराउनुभएको हो । आफु जस्तै अरुलाई पनि ठगी गर्न सक्ने भन्दै ठगको फोटो उपलब्ध गराउनुभएको हो ।

धादिङ सुनौलाबजारका साथीले यूकेबाट सामान पठाएको र आफु त्यही सामान पु¥याउन आएको तर आफुसँग पैसा नभएकोले एकछिन सापटी दिनु भनेर फरार भएका यि ठग अहिले सम्म भेटिएको छैन ।
यस अघि ठगले छोडेको सामान सहित पिडित होटल सञ्चालक सेतु गुरुङसँग धादिङ अपडेटले कुराकानी गरेको थियो । कुराकानी गरेको भिडियो यो समाचार तयार पार्दा सम्म सामाजिक सञ्जाल फेसबुकमा चार लाख ३२ हजार भन्दा धेरैले हेरिसकिएको छ ।
भिडियो हेर्नुहोस् :-