मेचीनगरमा पुलबाट झरेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर बुद्धशान्ति ५ बस्ने ४५ वर्षीय होमबहादुर पोखरेल रहेका छन् । दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर पोखरेलको मृत्यु भएको हो ।
उनी साइकलमा सवार थिए । उनी साइकलसँगै पुलमुनि झरेको अनुसन्धानबाट खुलेको छ । पुलमुनि पोखरेल घोप्टो परेको अवस्थामा फेला परेका थिए ।
पोखरेलको राति नै मृत्यु भएको र स्थानीयले आईतबार बिहान देखेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।