जिल्ला भलिवल संघले आयोजना गरेको अन्तरपालिका भलिवल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । धादिङको सदरमुकाम धादिङवेसीमा हुने प्रतियोगिताको औपचारिक उद्घाटन भोली बुधबार हुँदैछ । प्रतियोगितको उद्घाटन वाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले गर्ने संघका अध्यक्ष तिलक गुरुङले बताउनु भयो ।

प्रतियोगिता सञ्चालन गर्न आजै मंगलबार टाईसिट बनाइने भएकोले सबै प्रतियोगी टिमलाई आयोजकसँग सम्पर्क गर्न पनि गुरुङले अनुरोध गर्नु भएको छ । प्रतियोगिता उद्घाटनपूर्व खेलाडीहरुले मार्चपास समेत गर्नेछन् । मार्चपासमा सहभागिहुन पनि आयोजकले सबै खेलाडिहरुसंग आग्रह गरेको छ ।

अन्तरपालिका भलिवल प्रतियोगिता धादिङबेसी स्थित कवर्ड हलसँगैको खेलमैदानमा हुँदैछ । प्रतियोगिताका लागि आठ टिम दर्ता भैसकेको र अझै टिम दर्ता गर्न सकिने पनि अध्यक्ष गुरुङले जाकारी दिनुभयो । एउटै पालिका भित्रका पनि धेरै टिम दर्ता गर्न सकिने भन्दै गुरुङले खेलाडि भने सम्वन्धित पालिकाकै हुनुपर्ने बतनाउनु भयो ।

Facebook Comments