जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धलेक गाउँपालिकाले जितेको छ ।

आज शुक्रबार धादिङबेशीमा सम्पन्न भएको फाईनल खेलमा खनियाबास गाउँपालिकालाई पराजित गर्दै सिद्धलेकले उपाधि हात पारेको हो । फस्ट सेटको खेलमा सिद्धलेकले २५–१९ को सेटमा खनियावासलाई हराएको थियो । भने सेकेण्ड सेटको खेलमा खनियावासले २५–१३ को सेटमा सिद्धलेकलाई हराएको थियो ।

त्यस्तै थर्ड सेटको खेलमा सिद्धलेकले २७–२५ को सेटमा खनियावासलाई हरायो भने फोर्थ सेटको खेलमा पनि सिद्धलेक गाउँपालिकाले २५–२२ को सेटमा हराएपछि सिद्धलेकले उपाधी हात पारेको हो । बेस्ट अफ फाईभको खेल भएकोले अनिवार्य ३ खेल जित्नुपर्ने थियो । सोही सेटमा खेलाईएको खेलमा सिद्धलेकले खनियावासलाई हराए पछि उपाधी हात पार्न सफल भएको जिल्ला भलिवल संघ धादिङका महासचिव विकास कोईरालाले जानकारी दिनुभयो ।

विजेता सिद्धलेक गाउँपालिकाले नगद १ लाख १ हजार १११ हात पारेको छ भने उप विजेता खनियाबास गाउँपालिकाले ५० हजार ५ सय ५५ र सेमिफाईनलमा रोकिएका रुबीभ्याली गाउँपालिका र गंगाजमुना गाउँपालिकाले सान्त्वना पुरस्कार २०–२० हजार जितेका छन् ।

Facebook Comments