२०८३ कार्तिक १९, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विदेशबाट पनि आइपीओ भर्न सकिने

विदेशबाट पनि आइपीओ भर्न सकिने

१० प्रतिशत कोटा छुट्याएसँगै विदेशमा रहेका नेपालीले पनि साधारण सेयर अर्थात आइपीओ भर्न थालेका छन् ।

विदेशबाट पनि आइपीओ भर्ने क्रम सुरुवाती चरणमा रहेको र धेरैलाई यसबारेमा थाहा नभएकाले अहिले आइपीओ भर्ने नेपालीको सङ्ख्या उल्लेखनीय नभएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । तर, अहिलेको अवस्थामा सन्तोषजनक उपस्थिती रहेको बोर्डका प्रवक्ता रुपेश केसीले सीआईएनसँग बताउनुभयो ।

विदेशमा रहेका नेपालीलाई आईपीओ भर्न दिएर विदेशी मुद्रा भित्¥याउने योजना रहेको उहाँको भनाइ छ । अबदेखि कुनै पनि संगठित संस्थाले आईपीओ जारी गर्दा कुल जारी हुने आईपीओको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्टयाउनु पर्नेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।