२०८३ कार्तिक १९, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

महोत्सवस्थलमा दैनिक रक्तदान, रक्त समुह परीक्षण तथा सुगर प्रेसरको परीक्षण हुने

महोत्सवस्थलमा दैनिक रक्तदान, रक्त समुह परीक्षण तथा सुगर प्रेसरको परीक्षण हुने

डेङ्गु संक्रमणका कारण देशभर रगतको अभाव छ । देशभर भइरहेको रगत अभावलाई मध्यनजर गर्दै धादिङ महोत्सव मुल आयोजक समितिले आठौ धादिङ महोत्सव अवधिभर रक्तदान तथा रक्त समुह परीक्षण कार्यक्रम गर्ने भएको छ ।

महोत्सव स्थलमा मान्छेहरुको भीडभाड रहने र रक्तदानगर्ने मान्छेहरु धेरै रहने भएकाले रगतको अभावलाई मध्यनजर गर्दै महोत्सवअवधिभर नै रक्तदान कार्यक्रम राखिएको धादिङ उद्योग बाणिज्य संघका महासचिवतिलक सिंखडाले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रम संगै निशुल्क रक्त समुह परीक्षण तथा सुगर र प्रेसरको पनि परीक्षण गरिने सिंखडाले जानकारी दिनुभयो । ‘महोत्सवअवलोकन गर्नेहरुलाई लक्षित गरेर सुगर प्रेसर परीक्षण कार्यक्रमपनि हुन्छ ।’ सिंखडाले भने, ‘कतिपयब्यक्तिहरुको रक्त समुह थाहा पाएकै हुन्न, त्यसैलाई मध्यनजर गरेर महोत्सव अवलोकन कर्ताहरु जसलाई आफ्नो रक्त समुह थाहा छैन, उसको रक्त समुहपनी छुट्याउने ब्यवस्था मिलाएका छौँ ।’

परीक्षणको कार्यक्रमलाई ब्यवस्थित बनाउन स्वास्थ्य परीक्षण स्टलनै राख्ने तयारी गरेको सिंखडाले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रमको समन्वय गर्ने र महोत्सव मुलआयोजक समितिले रक्त समुह परीक्षण, रक्तदानतथा सुगर प्रेसर परीक्षणको कार्यक्रमको ब्यवस्थापन गर्ने तय भएको मुलआयोजक समितिका संयोजक एवं धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु बहादुर थपलियाले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।