धादिङवेशींमा जारी महोत्सवमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपननाउन जिल्ला कोभिड व्यवस्थापन समितिले आग्रह गरेको छ। छिमेकी देशहरुमा कोभिड–१९ संक्रमण दर तिव्र रुपमा बढिरहेकाले नेपाल सहित धादिङमा पनि संक्रमणको जोखीम उच्च भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायहरुलाई सतर्कता अपनाउन निर्देशन दिएकोले धादिङमा जारी महोत्सवमा अनिवार्य मास्क लगाई सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउन समेत आग्रह गरेको छ ।

बैठकले सार्वजनिक तथा सबै यातायतका साधनहरुले सिट क्षमता भन्दा बढि यात्रु नराखी अनिवार्य रुपमा स्वास्थ्य सुरुक्षाका उपायहरु अवलम्बन गर्न लगाउने, सबै स्थानिय तहका स्वास्थ्य संस्थाहरुबाट एन्टिजेन परिक्षणको व्यवस्था मिलाउन अनुरोध गर्ने, आईशोलेसन वार्ड भवनको लागि सघन शहरी विकास तथा भवन निर्माण तथा नीलकण्ठ नगरपालिकालाई अनुरोध गर्नेअस्पतालमा थप १५ वटा एचडियू, ५० ओटा आईशोलेसन बेड सञ्चालन गर्न स्थानिय तहलाई अनुरोध गर्ने लगायतका निर्णयहरु गरेको छ ।

यस्तै धादिङ अस्पतालले कोरोना संक्रमित आए उपचारको पुरै तयारीमा रहेको जनाएको छ । अस्पतालले आज विहान छलफल कार्यक्रम गरि ४५ बेड अक्सिजन सहित तयारी अवस्थामा राखिएको कुरा जानकारी गराएको छ । जापानमा चलिरहेको कोरोना भाइरसको आठौँ लहरमा दुई लाख छ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।

गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या पनि बढीरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जापानमा एकैदिन २१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

Facebook Comments