अव हामीले पढाउनै पर्नेछ, सिकाउनै पर्नेछ, परिवर्तन गर्नै पर्नेछ, उपलब्धि हासिल गराउनै पर्नेछ। त्यसैले शुरुवात मै नविनतम चिन्तन र सोच र व्यबहारका साथ कार्य थालनिमा अग्रसर होऔ । हामी परम्परागत शिक्षकको भुमिकाबाट आफुलाई माथि उठाउन हरदम प्रयासरत रहौ ।
हामी शिIfणमा प्रविधिको उच्चतम प्रयोग गर्ने अभ्यास गरौ । आफुले नजानेका हरेक प्रविधिहरु सिकौ, किनकि आफ्नो शिIfणमा परिवर्तन गरि गुणस्तर कायम गर्न हाम्रा लागि यो अति नै उपयोगि हुन्छन । हामी हाम्रा अधिकांस समयलाइ हामिले शिIfण गर्ने विषयहरुमा केन्द्रित रहि खर्च गरौं । यदि प्रशासनले हामीबाट अन्य गतिविधिहरुमा हाम्रो सहयोगको आशा गरेको अवस्थामा हामी हरदम तयार रहौ । तर हामी हाम्रा कक्षIहरुलाई डिस्टर्व हुने अवस्थालाई सम्झौता नगरौँ, त्यस्तो अवस्थामा पहिला हामी हाम्रो कक्षIको व्यवस्थापन गरौँ ।
हामी विद्यालयको बृहत्तर हितका कुनै पनि योजना प्रस्तुत गर्दा आफ्नो मतलव साध्ने मनसायले कुनै कार्यक्रम प्रस्तुत नगरौँ । हामी आफुले गर्न जान्ने र सक्ने जिम्मेवारीहरुमा मात्र अग्रसरता देखाऔँ । अन्य अवस्थामा जान्ने र सक्नेलाई मुक्तकण्ठले प्रशम्शा गरौँ र सहयोग गरौँ । हामी अब अनुत्पादक क्रियाकलापको अनावश्यक ब्याख्या भन्दा उपलब्धिहरुको तथ्यपरक विवेचना गरौँ ।
नतिजामा विश्वाश, गरौ प्रक्रियामा नरमाऔँ । पहिला आफ्नो जिम्मेवारी पुरा गरौँ , अन्य सकारात्मक तर ब्यबहारिक काममा पुर्ण सहयोग गरौँ, नतिजामुखि कार्य गरौँ । हाम्रो मुख्य मिसन हाम्रो शिक्षणको गुणस्तर अभिवृद्दी हो । यसैलाइ हामी प्राथमिकिकरण गरौ । अन्य गतिबिधिहरु त सहायक हुन । हामी हाम्रो मुख्य दायित्वमा चाहिँ असफल हुदै अन्य गतिविधिमा रमाउनुको कुनै औचित्य हुँदैन । जवसम्म हामी ठोस उपलब्धि प्राप्तिमा सफल हुन सक्दैनौँ हामीले गरेका हरेक प्रयासहरु निरर्थक हुनछन ।
आफ्नो कामको गुणगान आफैले गर्न त्यतिखेर सान्दर्भिक हुन्छ जुन कामले स्पस्ट परिवर्तन सम्भब गराएको छ । यद्दपि त्यस्ता क्रियाकलापहरु सहायक हुन, साध्य भने होइनन् । हामि सबै एकखाले नहौंला, सबै जना सबैकुरामा निपुण नहौंला , तर सबै जनासँग केहि बिशेष क्षमता भने छ । हामि सबै एकबद्द होऔँ । हरेक कुरामा आफ्नो मान र सम्मानको स्थान बारेमा सोच्नु भन्दा आफुले निर्वाह गर्न सक्ने भुमिका मार्फत उपलब्धि हासिलमा हिस्सा बन्न सकिने उपायको बारेमा सोचौं । अब अरुले किन यसो गरे, मैले चाहि किन यसो गर्न नपाउने भन्ने चिन्तन छाडिदिऔँ , म मेरो जिम्मेवारिमा पुर्ण फिट हुन सकेको छु भन्ने कुरामा आत्माबिश्वासी बनौँ ।
प्रशाशनलाई पनि जिम्मेवारि र नतिजामुखि काम गर्ने शिक्षक्षक कर्मचारिलाई उपयुक्त उत्प्रेरणा गर्ने संस्कारमा जिम्मेवारी बनाउन पहल गरौँ । हामि जो कोहिले पनि विद्यालयाको समग्र वातावरणमा उल्लेखनीय सुधार ल्याउन सके सबैको प्रतिष्ठा उच्च हुन्छ , समस्या पद्दती निर्माणमा छ, सबै परिवर्तनको पIfमा त हुन्छौ तर पद्दती निर्माणमा नचुकौ । हामी पद्दतीमा कार्यसम्पादन गर्ने वातावरणमा स्थापीत हुन सकौ । आफ्नो नितान्त वयैतिक प्रतिकुलातामा स्थापित पद्दतीको खिलापमा नजाऔ । अरुले गरेको राम्रो काममा सहयोग गरौ ।
देखाउन कै लागि गरिने हाम्रा हरेक योजना, कार्य र जिम्मेवारीहरु सस्ता र क्षणिक हुनछन । कसैको अगाडि स्मार्ट देखिन कै लागि जिम्मेवारि बहन गरि वाह वाहको पात्र मात्र बन्ने सोच राख्यौ भने हामी अनुत्पादक र बनावटि बन्न पुग्छौ । यसले हाम्रो दिर्घकालीन सोच र आशालाई भ्रष्ट बनिदिन्छ । त्यता पट्टि नलागौ । असल प्रक्रिया, लगाव र मेहनतको अनुशरण गरौँ , न कि नतिजाको ।
वातावरण अनुपयुक्त भयो भनेर जिम्मेवार निकाय या व्यक्तिहरुलाइ दोष दिन मिल्ला तर सोच र ब्यबहार नै अनुपयुक्त हुदा दोष कसलाइ दिन मिल्ला ? यसर्थ हामी परिवर्तनको गेट बाट भित्र छिर्दै गर्दा यि र यस्ता स्वभाव ,आचरण र कार्यशैली बोकेरै छिर्यौ भने परिवर्तन असम्भव छैन , कमसेकम हामिले चाहि नतिजामुखी गुणात्मक शिIfण कायम गराउन अनुत्पादक गफ र हल्ला गर्न छाडिदिऔ । हामि कोहि वयैक्तिक हित र सुख भोगी क्रियाकलापको अपेIffdf नतिजामुखी परिवर्तनको बढोत्तरि गर्न चाहान्छौ भने फेरि पनि हाम्रा कुरा चर्का र झर्का नै हुन्छन् । यि सबै क्रियाकलाप गर्न हामीले आफैलाई परिस्कृत र सुधार गरौ ।
यि क्रियाकलाप गरे पनि नगरेपनि हामिले प्राप्त गर्ने सेवा र सुविधा उस्तै नै हुनेछन । तत्कालिन रुपमा हामिले पाउने भनेको त आत्मासन्तुष्टि नै हो । तर दिर्घकालिन रुपमा हामि धेरै कुरामा अरुको लागि दृष्टान्त बन्न सक्छौ । आफुलाई अझ बढि परिष्कृत र जिम्मेवार ढंगले प्रस्तुत गर्ने प्रतिबद्दता गरौ । सबैको सकारात्मक सहयोग आशा गरौ । सबैले हातेमलो गरौ , परिवर्तन सम्भव छ । हामि हाम्रो सोच र कार्यशैलिलाई बदलौ, परिवर्तन आफै हुन्छ ।











