२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

१९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोटमा नेपालको सुखद सुरुवात

१९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोटमा नेपालको सुखद सुरुवात

आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित फराकिलो रनले पराजित गर्दै सुखद सुरुवात गरेको छ । यूएईमा चलिरहेको प्रतियोगितामा सिङ्गापुरलाई ९६ रनले हराउँदै नेपालले हराएको हो ।

नेपालले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको सिङ्गापुर ५० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रनमा समेटियो । त्यसअघि इडन ग्राडेन ओभल अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको हो । नेपालका लागि आकाश त्रिपाठीले ७८ रन र विशाल विक्रम केसीले ५४ रन बनाए ।

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । दोस्रो खेलमा भोलि कुवेतसँग खेल्ने नेपालले सोमवार हङकङसँग तेस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल मङ्गलवार र बिहीवार घरेलु टोलीसँग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।