२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नगरपालिकाको बजार व्यवस्थापनको काम सुरु

नगरपालिकाको बजार व्यवस्थापनको काम सुरु

तस्विर:राजु सिम्खडा

माघ १२, धादिङ ।
निलकण्ठ नगरपालिकाभित्रको बजार व्यवस्थापनको काम विहिबारदेखी सुरु भएको छ । नीलकण्ठ नगरपालिका र स्थानिय प्रशासन, धादिङ उद्योग वाणिज्य संघको सकृयतामा दिनप्रतिदिन अव्यवस्थित बन्दै गएको धादिङबेशी बजार व्यवस्थापन गर्न विहिबारबाट सुरु गरिएको हो ।

वजार क्षेत्र व्यवस्थापन कार्यअन्तर्गत विहिबार घरको सटरभन्दा वाहिर राखिने सामानको व्यवस्थापन, व्यवस्थित गाडी पार्किङ, निर्माण सामग्रीको व्यवस्थापन, सडक सुधार लगायतका काम भएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोधनाथ दुवाडीले जानकारी दिनुभयो ।

धादिङवेसी वजार व्यवस्थापन सम्वन्धमा केहि समय अगाडि धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष वोदनाथ दुवाडीको अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारी, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगाना, उपप्रमुख मनराज भण्डारी, जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरीप्रमुख ध्रुवराज राउत लगायतको उपस्थितिमा संयुक्त वैठक बसि बजार व्यवस्थापन सम्बिन्ध निर्णय गरिएको थियो ।

बैठकले बजार क्षेत्रभित्र कुनैपनि सामान राख्न नपाउने, धादिङवेसी वजार क्षेत्रको ट्राफिक समस्यालाई समाधान गर्न वजार क्षेत्रको चापलाई मध्यनजर गरि मुल सडक दायाँ वायाँ कुनैपनि सवारी साधन पार्किङगर्न नपाउने र स्थायी पार्किङको लागि विभिन्न स्थानको व्यवस्था गरिएको बताइएको छ ।

यस्तैगरी वजार क्षेत्र भित्र मालवाहक सवारीसाधनले विहान ९ः०० देखि १०ः३० वजे सम्म र दिउँसो ३ः३० देखि ५ः०० वजे सम्म सामान लोड अनलोड गर्न नपाउने उक्त गाडीको पार्किङ खुल्ला मञ्चमा गर्ने वा व्यवसायी आफैले व्यवस्था मिलाउनु पर्ने नगरप्रमुख भिमप्रसाद ढुङ्गानाले बताउनु भयोे ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।