
धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा भोलीदेख २ दिने सामुदायिक प्रसारणका लागि सामुदायिक अभियान परामर्श सम्मेलन हुने भएको छ ।
सामुदायिक प्रसारणमा समुदायको सक्रिय सहभागिता, स्वामित्व र नेतृत्व विकासमा योगदान पु¥याउने उदेश्यले रेडियो धादिङले सम्मेलनको आयोजना गरेको हो। सम्मेलनमा देशभरका विभिन्न सामुदायिक रेडियोको प्रतिनिधिहरुको सहभागिता रहने रेडियो धादिङका स्टेशन म्यानेजर राजारम शर्माले जानकारी दिनुभयो ।
सम्मेलनमा सामुदायिक प्रसारणमा समुदायको सक्रिय सहभागीता, स्वामित्व र नेतृत्व विकासका विभिन्न आयामहरुमा संवाद गरिने छ । अन्तराष्ट्रिय भाषा दशकको सन्दर्भमा आदिबासी जनजातीको भाषा पुनरोत्थान, संरक्षण र प्रबद्र्घनमा सामुदायिक रेडियोको भूमिका विषयमा छलफल गरिने स्टेशन म्यानेजर शर्माले बताउनुभयो ।
सामुदायिक रेडियो अन्य सञ्चार माध्यमको पहुँच बाहीर रहेका समुदायलाई निर्वाध सुचनाको पहुँच पु¥याउने प्रसारण माध्यमको रुपमा स्थापित छ । नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको निम्ति स्थापनादेखि नै सामुदायिक प्रसारणले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । सम्मेलनमा सामुदायिक प्रसारणको २५ वर्षमा हासिल भएका उपलब्धि, मुख्य चुनौती र सम्भावना विषयमा छलफल गरिने छ ।
सामुदायिक रेडियोले समुदायको आधारभूत मानव अधिकारका सवालहरु, खाद्य अधिकार, सुरक्षीत जीवन यापन तथा विपद् पूर्व तयारीका सन्दर्भमा प्रसारणको माध्यमबाट पु¥याउन सक्ने योगदानको विषयमा पनि छलफल गरिने छ ।
अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर फाल्गुण २४ गते (८ मार्च) सामुदायिक प्रसारणमा महिला, सहभागीता, स्वामित्व र नेतृत्व विकासका अवसर र चुनौति विषयमा प्यानल छलफल गरिने छ । सम्मेलनको सञ्चार तथा सूचना प्रविधि मन्त्री मा. रेखा शर्माले उद्घाटन गर्नुहुनेछ ।