२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रेडियोकै कारण राजनितिक परिवर्तन संम्भव भएको सञ्चारमन्त्री शर्माको भनाई

रेडियोकै कारण राजनितिक परिवर्तन संम्भव भएको सञ्चारमन्त्री शर्माको भनाई

नेपालका सामुदायिक रेडियो स्थापित बनेको र अन्य सञ्चार माध्यमले विस्थापित गर्न नसक्ने सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभएको छ । ग्रामिण सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित धादिङको पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्जले धादिङको बैरेनीमा आयोजना गरेको सामुदायिक प्रशारणका लागि सामुदायिक अभियान परामर्श सम्मेलनलाई सम्बोधन गर्दै शर्माले यस्तो बताउनुभएको हो ।

नेपालको सामुदायिक रेडियो आजको होइन । उहाँले भन्नुभयो, – रेडियो, आम सञ्चार माध्यम र राजनितिक क्षेत्र अभिन्न रुपमा गासिएको छ । नेपालको ठूला जनआन्दोलन, राजनितिक परिवर्तन, सामाजिक रुपान्तरणमा रेडियोले खेलेको भूमिका अतुलनिय छ । सामुदायिक रेडियोकै कारण राजनितिक परिवर्तन सम्भव भएको हो बताउनुभयो । यस्तै रेडियोलाई अझै परिस्कृत बनाउन र प्रविधिसँग जोड्न आवश्यक रहेको भन्दै उहाँले त्यसको लागि सरकारले योजना बनाएर अघि बढेको विश्वास दिलाउनुभयो ।

आर्थिक पक्ष सबल बनाउन सामाजिक उत्तरदायित्वको क्षेत्र मध्ये सञ्चार माध्यममा पनि लगानी गर्नुपर्छ । जसले गर्दा केहि राहत पुग्न जान्छ । आम नागरिकमा सामुदायिक रेडियोको विश्वास छ । अनलाइन तथा अन्य प्रविधिले रेडियोलाई चुनौति थपेको भएपनि रेडियोले प्रविधिको विकास र परिवर्तनलाई पछ्याउदै जाने हो भने अन्य सञ्चार माध्यमले विस्थापित गर्न नसक्ने मन्त्री शर्माले बताउनुभयोे ।

महिलाहरुको अधिकार संविधानमा सिमित बनेका कारण कानुनमा लेखिएका कुरा अझै महिला दिदिबहिनीहरुले नपाएको बताउनुभयो । उहाँले भन्नुभयो महिलाको सुनिश्चिता कानुनमा मात्र सिमित छ । नेतत्वमा अझै विकास गर्न बाँकी छ । महिला, पिछडिएका समुदायको सवाल, उनीहरुको सुसुचित गराउने अधिकार उठ्ठान सामुदायिक रेडियोले गरेका छन् ।

महिलाको क्षेत्रमा सामुदायिक रेडियोले अझै गहन भूमिका खेलोस् र यस विषयमा वृहत छलफल हुनपर्ने बताउनुभयो । कार्यक्रमकै अवसरमा सांसदहरुले रेडियो डोकोमा बोकेर हिडेकादेखि रेडियो धादिङले सामाजिक रुपान्तरणमा खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका छन् । २०६४ सालमा रेडियो खोलेर सुचनाको हक स्थापित गर्न ठूलै चुनौति परेको सांसद राजेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । स्थानीय विकास मन्त्री हुँदा धादिङमा रेडियो खोल्ने अवसर मिल्यो ।

उहाँले भन्नुभयो,– त्यतिबेला रेडियो खोल्न ठूलै चुनौति थियो । तर आजको दिनसम्मको समिक्षा गर्दा हामी सफल भएका छौं । अब टिकाउन चुनौति छ । सरकारले पनि नेपालको सामुदायिक रेडियो संरक्षणमा भूमिका खेल्नुपर्ने बताउनुभयो । मंगलबारदेखि शुरु भएको सामुदायिक प्रशारणका लागि सामुदायिक अभियान परामर्श सम्मेलन भोलिसम्म चल्ने रेडियो धादिङका स्टेशन मेनेजर राजाराम शर्माले बताउनुभयो ।

सामुदायिक रेडियोको २५ वर्षिय यात्रा, समस्या तथा चुनौति, आदिवासी भाषा संरक्षणमा सामुदायिक रेडियोको भूमिका, सामुदायिक रेडियोको दिगोपना लगायतका विषयमा छलफल भएको थियो । यस्तै कार्यक्रममा ग्रामिण सञ्चार सहकाीर संस्था लिमिटेडका अध्यक्ष सुवास खतिवडाले नेपालको रेडियोको ईतिहाँस, समुदायमा रेडियो धादिङ लगायतका सामुदायिक रेडियोले खेलेको भुमिकाका बारेमा भनाई राख्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।