
माघ १६-
राजधानी नयाँदिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ । नयाँदिल्लीमा आज सार्वजनिक अध्ययन प्रतिबेदनका अनुसार भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि उल्लेख छ ।
विश्व वातावरणसम्बन्धी संस्था ‘ग्रीन पिस’को भारत शाखाले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यो तथ्य सार्वजनिक गरिएको हो । भारतका मुख्य ३० ओटा सहर प्रदूषित रहेका र तीमध्ये सबैभन्दा बढी प्रदूषण नयाँदिल्ली सहरमा पाइएको हो ।
लखनउ, नोएडा, गाजियाबाद, वनारस, अलाहबाद, कानुपुर र आग्रा पनि प्रदूषित सहरमा परेका अध्ययनले देखाएको छ । दिल्ली र उत्तर प्रदेशका अतिरिक्त राजस्थान, महाराष्ट्र र विहार राज्यमा पनि प्रदूषणको मात्रा अधिक भेटिएको छ ।