नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले सिद्धलेक गाउँपालिका कमिटीले गाउँपालिका अध्यक्ष परशुराम खतिवडालाई ज्ञापन पत्र बुझाएको छ ।

६ बुँदे माग राख्दै आईतबार कमिटीका अध्यक्ष कमला शर्मा, उपाध्यक्ष केशव सिलवाल, सचिव रामहरी बराबोटी, प्रेमनाथ सिलवाल लगाएतले पालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको हो ।

कथित शिक्षा कार्यदल कानुन सम्वत नभएकोले उक्त कार्यदलले पेश गरेको प्रतिवेदन अवैधानिक रहेको, गाउँपालिकाको अनुदानमा कार्यरत शिक्षकहरुको हालसम्मको बाँकी रहेको तलब निकासा गरि निरन्तरता दिनुपर्ने, स्थानीय पुर्नसंरचना पश्चात पालिकाको आवश्यता हेरि राखिएको कर्मचारीलाई निरन्तरता दिनुपर्ने माग गरिएको छ ।

त्यस्तै पालिकाको ठेक्का भन्दा बाहिरको ढुंगा , बालवा , गिट्टी तथा खानीजन्य पदार्थको निकासी कति आम्दानी भयो, पालिकामा दरबन्दी अनुसारको कर्मचारी तुरुन्त व्यवस्थापन गर्नुपर्ने र नेकपा एमाले पार्टीको तर्फबाट दिएको ज्ञापन पत्र प्रति के कति कार्यान्वयन भयो कति कार्यन्वयन हुन बाँकी छ प्रष्ट जवाफ दिन ज्ञापन पत्र माग गरिएको छ ।

Facebook Comments