
गंगाजमुना गाउँपालिका वडा नं. ६ बसेरीबाट नक्कली नोट सहित एकजना पक्राउ परेका छन् ।
एकहजार रुपैयाँको ४ ओटा नक्कली नोट सहित २५ वर्षिय स्थानीय विकास नेपाली पक्राउ परेको प्रहरी चौकी बसेरीले जनाएको छ ।
गाउँको फरक फरक पसलमा नक्कली नोटबाट सामान खरीद गरेको पाइएपछि आरोपी नेपालीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्ने नेपालीले उक्त नक्कली नोट काठमाडौंबाट ल्याएको बताएको पनि प्रहरीले जनाएको छ । नेपाली आरोपी नेपाली झुकानमा परी, अरु कसैले फसाएर नक्कली नोट दिएको वा नीज नै नक्कली नोट कारोबार गर्ने गिरोहसंग संलग्नता रहेको हो भन्ने विषयमा अनुसन्धान शुरु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
२ दिन अघि स्थानीय गोकुल न्यौपानेको घरबाट रातीको समयमा खसी चोरी भएपछि खोज्ने क्रममा नक्कली नोट सहित नेपाली पक्राउ परेका हुन् । खसी चोरी गर्न एक बालकलाई प्रयोग गरेको र खसी काटेर समेत खाइसकेको आरोपी बालकको भनाई रहेको पनि प्रहरीले बताएको छ । यस सम्वन्धमा पनि थप अनुसन्धान भैरहेको छ ।