चैत्र ३०
धादिङ – नेकपा एमाले निकट सक्रिय र क्रियाशिल जनसंगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन नेपालगञ्जमा सम्पन्न भएको छ । अधिवेशनबाट युवा संघको केन्द्रिय अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । त्यसका साथै महाधिवेशनबाट सात उपाध्यक्ष चयन भएका छन् भने एक महासचिव, दुई उप महासचिव, नौ जना सचिव र एक कोषाध्यक्ष सहित पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन् ।

युवा संघको उपाध्यक्षहरुमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी, प्रकाश गौतम, महासचिवमा सुमन पुरी उप महासचिवमा महेन्द्र गुरुङ, राजन थापा सचिवमा बिनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी, कुबेर अधिकारी, कोषाध्यक्षमा राकेश राई, लेखा आयोगको प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुख नानीराम तिवारी, अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुख दिपेश खड्का, निर्वाचन आयोगको प्रमुखमा बलराम बेलबासे, उपप्रमुख बाबु छतकुली चयन भएका छन् ।

धादिङबाट ५ जना केन्द्रिय समितिमा –
नेपालगञ्जमा सम्पन्न नवौं महाधिवेशनबाट धादिङबाट ५ जना केन्द्रिय समितिमा समेटिएका छन् । राम बहादुर छत्कुली (बाबु) निर्वाचन आयोग उपप्रमुखमा र केन्द्रिय सदस्यमा केन्द्रीय कार्यालय तर्फबाट मोदनाथ सिलवाल (सन्तोष), भुगोल तर्फबाट केशव सिलवाल (कमल), रोशन भट्ट र अनिशा बराम चयन भएका छन् । महाधिवेशनमा धादिङबाट १६ जना प्रतिनीधि सहभागी भएका थिए ।

Facebook Comments