२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बालिका बलात्कारको आरोपमा धादिङ गंगाजमुनाका एकजना पक्राउ

बालिका बलात्कारको आरोपमा धादिङ गंगाजमुनाका एकजना पक्राउ

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले एक जनालाई पक्राउ गरेको छ । गङ्गाजमुना गाउँपालिका-३ का २२ वर्षीय ईमानसिंह गुरुङलाई प्रहरीले वैशाख ५ गते पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश थापाका अनुसार आरोपितले बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०७९ चैत २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा अपहरण र बालिका बलात्कार गरेको भन्दै वैशाख ५ गते उजुरीे दर्ता गराएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५ गते धादिङ अस्पतालमा भयो ।

आरोपितलाई जिल्ला अदालतको आदेशले अनुसन्धानका लागि हिरासतमा राख्न ५ दिनको अनुमति दिएको इन्स्पेक्टर थापाले जानकारी दिनुभयो । -INSEC

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।