२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बालसैनिक र शान्ति सम्झौता पछि भर्ना भएका लडाकुलाइ जनहि २ लाख दिने सरकारको तयारी

बालसैनिक र शान्ति सम्झौता पछि भर्ना भएका लडाकुलाइ जनहि २ लाख दिने सरकारको तयारी

बैशाख १६
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) नेतृत्वको वर्तमान सरकारले शसस्त्र द्धन्दमा सहभागी भएका पूर्व माओवादी लडाकुलाइ जनहि दुई लाख रुपैंया दिने तयारीे गरिरहेको छ । मन्त्रीपरिष बैठकबाट निर्णय गरि गत चैत्र ६ गते रकम वितरणका लागि कार्यविधि बनाउन गृह मन्त्रालयलाई निर्देशन दिईसकेको छ । हाल कार्यविधि निर्माणका साथै गृह मन्त्रालयले सबै जिल्लाको जिल्ला प्रशासन कार्यालय मार्फत विवरणहरु संकलनको कार्य भईरहेको छ ।

नेपाल सरकारले नेपालको शान्ति प्रक्रियामा मध्यस्थता गर्न आएको संयुक्त राष्ट्रसङ्घीय मिशन (अनमिन) को प्रमाणीकरणमा नपरेका चार हजार जनाभन्दा बढी पूर्वलडाकुलाई यो सहयोग प्रदान गर्न लागेको हो । अनमिनले उमेर नपुगेका करिब ३,००० बालसैनिक र विस्तृत शान्ति सम्झौतापछि भर्ना गरिएका १,००० माओवादी लडाकुहरूलाई प्रमाणीकरण गर्न अस्वीकार गरेको थियो । यसरी सबै अयोग्य पूर्वलडाकुलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ दिँदा राज्यकोषबाट ८० करोड रुपैयाँभन्दा बढी खर्च हुनेछ । यसरी सहयोग प्रदान गर्ने सरकारको तयारीबारे प्रतिपक्ष दल र सत्तापक्षभित्रै असन्तुष्टि देखिएको छ ।

नेपालको अर्थतन्त्र कमजोर रहेको तथ्याङकहरु आईरहेका छन् । लक्ष्य अनुरुप राजश्व संकलन नभई राजस्व संकलनमा आएको गिरावटसँगै सरकारले कर्मचारीहरूलाई तलब र सामाजिक सुरक्षाभत्ता समेत दिन नसकिने अवस्था आएको छ । यस्तो अवस्थामा सरकारी कोषबाट एकै पटक यति धेरै रकम दिँदा राज्यकोषमा थप भार बढ्ने देखिन्छ । यस विषयमा केहि पूर्व माओवादी लडाकु र राजनैतिक दलका नेताहरुले भने पैसा सहयोग गर्नुको साटो उनिहरुको दिर्घकालिन व्यवस्थापनको लागि सीप, क्षमता विकास तथा रोजगारीका विषयमा ध्यान दिनुपर्ने विचारहरु पनि आईरहेका छन् । नेपालमा नेकपा माओवादीले २०५२ सालदेखि २०६२ सालसम्म शसस्त्र जनयुद्ध संचालन गरेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।