२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको गंगाजमुनामा एक युवक मृत भेटिए, घटनाको अनुसन्धान हुँदै

धादिङको खनियाँबास गाउँपालिका– ४ उइदुङका छिरिङ तामाङ (सुमन) मृत भेटिएका छन् । गंगाजमुना गाउँपालिका– ३ लचेतको जंगलमा झुण्डिएको अवस्थामा मंगलबार मृत भेटिएको हो ।

गंगाजमुना गाउँपालिकास्थित रिगाउँका स्थानीयले २५ वर्षिय सुमनलाई जंगलमा मृत अवस्थामा फेला पारेको खनियाबास गाउँपालिका– ४ का वडा अध्यक्ष लिला बहादुर तामाङले बताउनुभया । दुबै हात डोरीले बाँधिएको र रुखमा झुण्डि रहेको अवस्थामा फेला परेको हो । उहाँले भन्नुभयाृ,– ‘सुमनको शव कुहिसकेको अवस्थामा रि गाउँका स्थानीयले भेटेका हुन् । शव कुहि सकेकोले घटना धेरै दिन अगाडीको हो भन्ने आंकलन गर्न सकिन्छ ।’

सुमन ट्रेकिङमा भरिया काम गर्ने गरेको खनियाबास गाउँपालिका– ४ का वडा सदस्य प्रताप बहादुर तामाङले बताउनुभयो । पोखरा आउने जाने गर्ने सुमन माघको दोस्रो सातादेखि गाउँमा थिएनन् । उहाँले भन्नुभयोे,–‘बाहिर काम गर्ने हुदा गाउँमा नभएपनि त्यति खोजीनिति भएन । तर एक्कासी मृत भेटियो । शव गलेर कुहि सकेको छ । हुलिया हेरेर सुमनको शव हो भन्ने पहिचान गर्न चाँहि सकिन्छ ।’ सुमनको शव धादिङ अस्पतालमा ल्याइ बुधबार पोष्टमार्टम गरिएको छ ।

प्रारम्भीक अनुसन्धानबाट हत्याको आशंका देखिएपनि रिपोर्ट नआइ भन्न नसकिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक शन्तुलाल प्रसाद जैसवारले बताउनुभयो । अनुसन्धान भैरहेको छ । उहाँले भन्नुभयोे,–‘घटना धेरै दिन अघिको जस्तो देखिन्छ, हामी अनुसन्धानकै क्रममा छांै । अनुसन्धानपछि सत्यतथ्य कुरा आउँछ ।’ प्रहरी नायव उपरिक्षक जैसवारले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।