२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रुवी ढुङ्गा सहित धादिङमा एक जना पक्राउ

रुवी ढुङ्गा सहित धादिङमा एक जना पक्राउ

विभिन्न रंग र आकारका रुवी ढुङ्गा ( CRYSTAL QUARTZ) सहित धादिङमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविकको रि गाविस वडा नंम्बर २ घर भई हाल सदरमुकाम धादिङवेशीं स्थित शान्तबजार बस्ने ७२ वर्षिय गंगा बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गुरुङले आफ्नै घरमा जीवन पत्थर सेन्टर नामक पसल खोली अबैध रुपमा बिभिन्न प्रकारको रुवी ढुङ्गा उत्खनन, ओसारपसार तथा संकलन गरी बिक्री बितरण समेत गर्ने गरेको भन्ने सूचनाको आधारमा मंगलबार ५ गते दिउँसो २ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गुरुङको साथबाट रातो बट्टामा रहेका बिभिन्न प्रकारका पत्थर र धातु जडित औंठीहरु ३१ थान,कटिङ गरी सकेको बिभिन्न रङ र आकारका रुवी ढुङ्गा जस्तो पदार्थ ४ किलो ७०० ग्राम, गुलावी रङकोरुवी ढुङ्गा जस्तो पदार्थ ३ किलो ८०० ग्राम, कालो रङको रुवी ढुङ्गा जस्तो पदार्थ ६ किलो ४५० ग्राम, बिभिन्न रङ र आकारका रुवी ढुङ्गा जस्तो पदार्थ २२ किलो ५०० ग्राम, प्लाष्टिकको १३ वटा बोरामा रुवी ढुङ्गा जस्तो पदार्थ १८७ किलो ७०० ग्राम गरि २२५ किलो १५० ग्राम रुवी ढुङ्गा जस्तो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पक्राउ परेका गंगा बहादुर गुरुङलाई आवश्यक कारवाहीको लागि तालुक खानी तथा भुगर्भ विभाग लैनचौर, काठमाण्डौ पठाइएको जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।